
५ चैत, विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । धनपालथान–६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बालबालिकाको पहिचान हुन बाँकी छ । आगलागीका कारण आठ घर जलेर नष्ट भएका छन् । चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा कठिनाइ भएको मोरङ प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।