
५ चैत,झापा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले राजनीतिक अस्थिरता जनताको लागि अपाच्य भएको बताएका छन् ।
झापाको बिर्तामोडमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा चन्दले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको बताए । उनले हरेक वर्ष सरकार बन्ने र भत्किने परिस्थितिले आर्थिक भार बढेको भन्दै जनताको राजश्वबाट सरकारमा बस्ने सानो हिस्साले भोगबिलास गरिरहेको बताए ।
चन्दले नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको भन्दै ५ वर्षसम्म चल्ने एउटा प्रणाली परिकल्पना गर्न जरुरी रहेको उल्लेख गरे ।
संविधानमा धेरै ठूला हेरफेर गर्नुपर्ने जरुरी रहेको उनको भनाई छ ।