Logo

५ चैत,वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि आज मनोनयन दर्ताको समय सकिएको छ । संघको ४९ औं साधारसभाबाट नयाँ नेतृत्वको निर्वाचनका लागि आज मनोनयन दर्ताको मिति तोकिएको थियो ।

आज बिहान साढे ११ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको मनोनयन दर्ताको समयसम्ममा ६८ जनाको उम्मेदवार परेको निर्वाचन अधिकृत अधिवक्ता बालमुकुन्द खरेलले बताए । उहाँका अनुसार वाणिज्यतर्फ १५ वटा पदका लागि २९ जनाको उम्मेदवारी परेको छ । उद्योगतर्फ १३ पदका लागि २६ जनाको उम्मेदवारी परेको छ ।

एशोसिएटतर्फ ६ पदका लागि १२ जनाको उम्मेदवारी परेको छ । त्यस्तै एफिलेसनतर्फ १ पदमा एकजनाको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत खरेलले बताउनुभयो । उम्मेदवारी मनोनयनको समय सकिएपछि अब एक घण्टा दावी विरोधको समय तोकिएको छ । त्यसको एक घण्टापछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन अधिकृत खरेलले बताए ।


सम्बन्धित समाचार