Logo

५ चैत,वीरगञ्ज । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सव डिभिजन वन कार्यालय स्तरीय योजना तर्जुमा गोष्ठी आज सम्पन्न भएको छ । सब डिभिजन बन कार्यालय बसन्त पुरमा भएको गोष्ठीमा गादीमाई साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष सहरुम राउत गद्दीको अध्यक्षतामा सबडिभिजन वन कार्यालय बसन्तपुरको सभाहलमा भएको तर्जुमा गोष्ठीमा बिरुवा रोपेर गोष्ठीको सुरुवात गरिएको थियो ।

सव डिभिजन वन कार्यालय बसन्तपुरका वन अधिकृत रघुनाथ दासले आर्थिक बर्ष २०८२÷०८३ को बसन्तपुर कार्यालयको प्रस्तावित कार्यक्रमहरु सार्बजनिक गर्दै छलफल गर्नुभएको थियो । वन अधिकृत दासले प्रस्ताबित कार्ययोजनाहरुमा बिरुवा उत्पादन, नर्सरी मर्मत घाटगद्दीमा मर्मत सुधार, अग्नि रेखा, भवन स्तर उन्नति, ट्रेन्च निर्माण, बन अतिक्रमण हटाई तारबार सहित बृक्षारोपण लगायतका कार्यक्रम उल्लेख गर्नुभयो ।

त्यस्तै फलफुल बिरुवा खरिद र बितरण, पोखरी निर्माण, सडक किनार बृक्षारोपण, कार्यालय संचालन र ब्यवस्थापन, गोठ सुधार तथा चरिचरण ब्यवस्थापन लगायत योजनाहरु प्रस्ताव गरेको र कार्यन्वयनमा सबै सरोकारहरुको सहयोग चाहिने बताउनुभयो ।

गोष्ठीमा गादीमाई साझेदारी बन व्यवस्थापन समूहका पदाधिकारी गादीमाई साझेदारी वन व्यवस्थापन समूह कार्यक्षेत्र भित्रपर्ने गाउँपालिकाका जनप्रतिनिधि, पर्सा राष्ट्रिय निकुञ्ज कर्मचारी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सब डिभिजन बन कार्यालय रङ्पुरका सहायक बन अधिकृत उज्जवल यादवले गर्नु भएको थियो ।

 


सम्बन्धित समाचार