Logo

५ चैत,वीरगञ्ज । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनताले पसिना बगाएर सहकारीमा जम्मा गरेको पैसा जनतामाथि लाठ्ठी बर्साउने सरकारको नियत माथि गम्भीर प्रश्न उठेएका छन् । वीरगञ्जको आर्दशनगर स्थित जैन भवन धर्मशालामा आयोजना गरिएको ‘वित्तीय अराजकताको विरुद्धमा हाम्रो अभियान’ विषयक अन्तरकृया कार्यक्रममा उनले यस्तो बताएकोे हो ।

जनताले केही समान भारतबाट किनेर ल्याउदा भन्सारमा छिना झपटी गर्ने तर, ठूला तस्करहरुले ट्रक र बसमा तस्करी गर्ने गरेको भन्दै सरकारको सुशासनमाथि नै प्रश्न गरे । पूर्व प्रधानमन्त्रीहरु वीरगञ्ज आउँदा आर्थिक विकाश गर्छौ भनेको स्मरण गर्दै पूर्व प्रहरी महानिरीक्षक खनालले आर्थिक विकास र सुशासन यस्तै हुन्छ ? भनेर प्रश्न गर्नुभयो सहकारी पीडित, लघुवित्त पीडितहरुलाई भेला गरेर अन्तरकृयाको आयोजना गरिएको थियो ।

आफू प्रहरी संगठनमा कार्यरत रहँदा वीरगन्ज लगायतका मधेसका जनताको पीडा बुझेको बताउदै सोझो सीधा जनतालाई ठगिरहेकाहरुको विरुद्धमा र जनताको आवाज उठाउन आफू अभियानमा जुटेको बताए । उनले सरकार चलाउनेहरु अपराधिलाई गाडीमा चढाएर, दलाललाई गाडीमा चढाएर र जनतालाई फुटपाथमा छोडेर हिड्ने गरेको खुलासा गर्दै उहाँले जनताको दुख सहन नसकेर अन्यायतको विरुद्ध जनताको साथ दिन आएको बताए ।

देशकै अर्थतन्त्रको मेरुदण्ड वीरगन्जलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिए । देशको सबैभन्दा ठूलो ब्यापारिक नाका वीरगञ्ज नै भएपनि सरकारको ध्यान विरगंजमा रहेको बताए । सहकारी पिडित बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलभ केसीले समस्याको जरो राजनीति नै रहेको बताउदै सहकारी तथा वित्तीय संस्थामा देखिएको समस्या समाधानका लागि एकजुट हुनुपर्ने बताए ।

वास्तविक नागरिकको समस्या समाधान गर्नुभन्दा दल समस्या समाधान गर्न अघि बढेको आरोप लगाउदै दल नेताको छायाँमा बसेर नहुने बताए । समस्या समाधानका लागि पौने ३ खर्ब रूपैयाँ आवश्यक रहेको बताउदै जनतालाई विदेशी ऋणको भारी बोकाइएको बताए ।

 


सम्बन्धित समाचार