Logo

५ चैत,काठमाडौं । कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ। मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो तथा राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का उपाध्यक्ष ध्रुव आचार्यले मस्कट सार्वजनिक गरे।

सो अवसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुदको डेडिकेटेड वेबसाइट सार्वजनिक गरेका थिए।

लोगोमा कर्णाली नदी, नेपालको झण्डा, सात प्रदेश र खेलाडी, हिमाल, पहाड र तराई तथा शान्तिको प्रतिक परेवा समेटिएको छ। कर्णाली प्रदेशमा पाइने दुर्लभ जनवार हाब्रे ९रेड पाण्डा०लाई मस्कटका रुपमा प्रयोग गरिएको छ। लोगो र मस्कट विकास तमखुले तयार गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले राष्ट्रिय खेलकुदलाई लक्षित गरी तयार गरेको उत्कृष्ट पूर्वाधारका लागि कर्णाली प्रदेशलाई धन्यवाद दिए। उनले राष्ट्रिय खेल संघलाई खेलाडी र खेलको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्न आग्रह गर्दै खेलाडीको प्रतिभा देखाउने चाहनालाई मध्यनजर गरी राष्ट्रिय खेलकुद भब्य बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।

राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुनेछ।


सम्बन्धित समाचार