Logo

६ चैत, वीरगञ्ज । वीरगञ्ज नर्सिङ्ग क्याम्पसमा मतगणना रोकिएको छ । मतगणनामा क्याम्पस प्रमुखले धांधली गरेको भन्दै नेविसंघ र अखिल क्रान्तिकारीले विरोध गर्न थालेपछि मतगणना प्रकृया रोकिएको छ ।

क्याम्पस प्रमुखले जबजस्ती अनेरास्वयुलाई जिताईराखेको भन्दै नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुले गेटअगाडी होहल्ला गर्न थालेपछि अन्तिम समयमा आएर मतगणना कार्य रोकिएको हो ।

नर्सिङ्ग क्याम्पसमा कुल २७२ मत खसेको थियो । रातिनै मतगणना सुरु गरिएको थियो । ५२ वटा मतपत्र मात्र गन्न बाँकी रहँदा धांधली भएको आरोप सहित होहल्ला भएको कारण मतगणना प्रकृया रोकिएको निर्वाचन अधिकृतले बताए ।

नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीहरुले पुन् गणनाको माग गरेका छन् । नेविसंघबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी दियान्शु श्रेष्ठका अनुसार मतदाता पत्र मात्र अनेरास्वयुलाई देखाइएको कारण विवाद चुलिएको हो ।

अनेरास्वयुले २० भोटबाट हामि जित्दै छौं भनि हल्ला फिजाएको र ठ्याक्कै त्यति नै भोटबाट जित्ने संकेत देखिएपछि धांधली भएको आभाष भएको एक नेताले बताएकाछन् ।


सम्बन्धित समाचार