Logo

६ चैत, वीरगञ्ज । वीरगञ्जको ठाकुर राम बहुमुखि क्याम्पसमा स्ववियु निर्वाचनको लागि मंगलबार (हिजो) भएको मतदानको मतगणना आज विहानबाट शुरु हुने भएको छ ।

मंगलबार राति १० बजे देखि नै मतगणना गर्न भनिएपनि निर्वाचन अधिकृत दिलिप कुमार सिंहले एक सूचना जारी गर्दै आज बुधबार विहान १० बजेबाट मतगणना गरिने जानकारी दिए ।

उनका अनुसार मतगणना लागि मंगलबार राति १० बजे समय तोकिएको थियो तर निर्धारित समयमा गणनाका लागि संघ/संगठन र समूहबाट प्रतिनिधि नआएपछि मतगणनाको कार्य अगाडी बढाइएन । त्यसकारण आज (बुधबार) विहान १० बजेदेखि मतगणना गरिने निर्वाचन अधिकृत सिंहले बताए ।

मतगणना शुरु नगर्दै स्थगित भएपछि क्याम्पसमा उपस्थित विद्यार्थी नेताहरुले प्रदर्शन गरेका थिए । विद्यार्थी नेता र प्रहरीविच वादविवाद समेत भएको दृश्य समाजिक सञ्जालमा देखिएको छ ।

ठाकुर राम बहुमुखि क्याम्पसमा कुल १० हजार ७२९ मतदातामध्ये ४० प्रतिशत अर्थात् ४ हजार २९९ मत खसेको छ ।


सम्बन्धित समाचार