Logo

७ चैत, काठमाडौँ ।  विगत ९ महिनादेखि अन्तरिक्षमा फसेका यात्रीहरु सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्केका छन् ।

उनीहरु आज बिहान नेपाली समय अनुसार पौने ४ बजे स्पेसएक्स रकेटमार्फत अमेरिकाको फ्लोरिडाको तटमा अवतरण गरेका हुन् ।

उनीहरु रहेको अन्तरिक्ष यानमा प्राविधिक समस्या आएपछि नौ महिनसम्म अन्तरिक्षमा फसेका थिए । पृथ्वीमा फर्केलगत्तै दुवै अन्तरिक्षयात्री सुनिता र बुच भावविह्वल भएका थिए ।

दुवैजना अन्तरिक्ष यात्रीहरु गत वर्षको जुनमा आठ दिनका लागि बोइङ र नासाको संयुक्त क्रू फ्लाइट टेस्ट मिसनमा स्पेस स्टेशन पुगेका थिए । तर स्पेस क्राफ्टमा प्राविधिक समस्या आएपछि उनीहरु नौ महिनादेखि अन्तरिक्षमै रोकिएका थिए ।

वैज्ञानिकहरुले अन्तरिक्ष कठिन भए पनि सुनिता र बुचको अन्तरिक्षमा नयाँ परिस्थितिमा अनुकूलन गर्ने र अन्तरिक्ष स्टेशनमा जीवन चलाइरहने निर्णय साहसिलो कदम भएको बताएका छन् ।


सम्बन्धित समाचार