Logo

६ चैत,वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बारा जिल्ला आईपुगेका छन् । भोलीदेखि सुरू हुने ‘जनतासँग माओवादी’ हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानका लागि अध्यक्ष प्रचण्ड सहितको टोली आज अपरान्ह पाँच बजे बाराको सिमरा आईपुग्नुभएको थियो ।

सिमरामा प्रचण्डलाई नेता कार्यकर्ता तथा उद्योगी व्यवासायीहरुले स्वागत गरेका थिए । सिमरामा उद्योगी व्यावसायीहरु र स्थानीयसँग भेटघाट गरी उहाँ सिधैं बारको ऐतिहासिक तथा धार्मिक स्थल सिम्रौनगढ जानुभएको छ । सिम्रौनगढमै आज उहाँ बास बस्नुहुने र भोली बिहान अभियान अन्तर्गत तय गरिएका कार्यक्रमहरुमा सहभागी हुनुहुने छ ।

भोली बिहानको मर्निङवाकदेखि स्थानीय जनतासँग भेटघाट गर्ने र कोचर्वामा आयोजना गरिने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र बाराका इञ्चार्ज क्षेत्र बहादुर श्रेष्ठ अनिलले जानकारी दिनुभयो । फागुन १२ गतेदेखि झापाको कचनकबलबाट सुरू भएको अभियान फागुन २५ गते रौतहट आईपुगेपछि स्थगित भएको अभियान भोलीदेखि सुरू गर्न लागिएको माओवादी केन्द्रका प्रवक्तासमेत रहनुभएका उपाध्यक्ष अग्नी सापकोटाले बताए ।

कनचनकलबाट रौतहटसम्म सम्पन्न गरेर बारा प्रवेश गर्दै गर्दा अभियान स्थगित भएको थियो । भोली बाराबाटै अभियान सुरू हुने उहाँले बताउनुभयो । बारा, पर्सा र चितवनमा अभियान सकेर माओवादी पुनः काठमाडौं फर्कने र त्यसको केही दिनमा गण्डक क्षेत्र प्रवेश गर्ने प्रवक्ता सापकोटाले बताए ।

 


सम्बन्धित समाचार