
६ चैत्र, वीरगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता र संविधानसभाबाट बनेको संविधानलाई छेडखानी गरेर देशलाई गृहयुद्धमा धकेल्ने षड्यन्त्र भईरहेको बताउनु भएको छ । नेकपा माओवादी केन्द्रको तराई मधेस जागरण अभियानका लागि बारा आउनुभएका प्रचण्डले सिमरामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्र शान्ति सम्झौतासँग अभिन्न रुपले गाँसिएको बताउदै उहाँले भन्नुयभयो, ‘अहिले संविधानलाई छेडखानी गर्ने भनेको शान्ति सम्झौतालाई पनि छेडखानी गर्ने र देशलाई फेरी गृहयुद्धतिर धकेल्ने षड्यन्त्र शिवाय अरु केही हुन सक्दैन भन्ने बुझ्न जरुरी छ ।
संविधानसभाबाट घोषणा गरिएको संविधानबाट विकास गर्न मात्रै सकिन्छ पछाडि फर्काउन सकिदैन । शान्ति सम्झौताको अर्को हस्ताक्षरकर्ता नभएको स्थितिमा मेरो विशेष जिम्मेवारी बन्न पुगेको छ । शान्ति सम्झौतालाई पूर्णता पु¥याउने अनि देशलाई राजनीतिक स्थिरता र विकासलाई गति दिने हो ।
’ उहाँले भन्नुभयो, ‘मुख्यतः जनयुद्धको माध्यमबाट देशका उत्पीडित वर्ग, जाति क्षेत्र लिंग समुदायको पहिचान र अधिकार स्थापित गरेर संविधन सभाको संविधानले एक हदसम्म मान्यताहरुलाई लिपिबद्ध गरेको स्थितिमा यसमाथि कतैबाट प्रश्न उठ्छ भने त्यसको रक्षा गर्ने प्रमुख जिम्मेवारी माओवादी केन्द्रकै हो भन्ने सोचेर तराईमधेसका जनतालाई अपिल गर्दै हिडेका हौं ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरिन्छ ।’ अहिलेको उपलब्धि माओवादी आन्दोलनको मुख्य उपज भएको बताउनुहुदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिले जेजति अधिकार प्राप्त गरेका छन् त्यसले जनयुद्धमा हजारौ मधेसमा बस्ने जनताका छोराछोरीको रगतले स्थापित भएको हो ।
सबैले केही अधिकार प्राप्त गरेको छ भने यसको रक्षा गर्ने जिम्मा माओवादीले लिनुपर्ने भनेर नै त्यसको सडक र सदनबाट आवाज उठाएका छौं । यो परिवर्तन केही अपूरो छ । पूर्ण भयो भन्ने हाम्रो दावी छैन । सविधानमा अझैपनि तराई मधेसदेखि सबै उत्पीडित वर्ग, जाति धर्मका समुदायले जेजति अधिकार प्राप्त गर्नुपर्ने हो त्यो अझै भएको छैन ।
यसलाई विकसित गर्नुपर्ने परिमार्जन गर्नुपर्ने आवश्यकता छ ।’ उहाँले अगाडि भन्नुभयो, ‘हाम्रो पार्टीले संविधासभाबाट संविधान घोषणा गर्दैगर्दा पनि केही चिज मिलेको छैन भनेर त्यतिबेलै संविधानसभाको माईन्युटमा नोट अफ डिसेन्ट भिन्न मत हाम्रो छ । अर्को अनुकूल समयमा जनताको अभिमत छ ।
जनताको मत लिएर हामी आउनेछौं भनेर लेखिएको छ । शासकीय स्वरुप र शासन प्रणालीमा बेमेल छ । शासकीय स्वरुपले राजनीतिक अस्थिरता बाहेक केही जन्माएन । यो शासकीय स्वरुपले भ्रष्टाचारलाई मात्रै बढाउने काम ग¥यो । तलदेखि माथिसम्म त्यसकारण शासकीय स्वरुप संघीलय लोकताीन्त्रक गणतन्त्र अनुरुप नै हुनुप¥यो ।
त्यो भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्टपति नै हो अब चाहिने । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भयो भने पाँचबर्षलाई राजनीतिक स्थायीत्वको ग्यारेण्टी हुन्छ ।’ यसमा धेरै राजनीतिक दलहरु पनि सहमत हुदै जाने स्थिति देखा पर्दै गएको बताउदै उहाँले यसबाट राजनीतिक समस्या समाधान गर्ने र अर्को निर्वाचन प्रणालीमा पनि सुधार गर्नुपर्ने बताउनुभयो ।
पछिल्लो पटक आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारको अभियानलाई छेडेका बताउदै उहाँले देशमा दलाल र बिचौलियाहरुको सेटिङमा आफ्नो सरकार ढालेको बताउनुभयो ।