७ चैत,काठमाडौँ । नेपाल शिक्षक महासङ्घले सरकारलाई सहमति कार्यान्वयनका लागि दबाब दिन दोस्रो चरणको आन्दोलन अन्तर्गत रिले अनसन सुरु गरेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सुरु भएको अनसन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म चल्नेछ । पहिलो दिन महासङ्घका सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा १५ जना महिला शिक्षक–कर्मचारी अनसनमा बसेका छन् । यो रिले अनसन चैत १५ गतेसम्म जारी रहनेछ ।
महासङ्घले यसअघि विभिन्न राजनीतिक दलको केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो । रिले अनसनपछि चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शिक्षक कर्मचारीको आन्दोलन हुनेछ ।

















