Logo

७ चैत,वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज र राउन्ड टेबलको सहकार्यमा आज वीरगन्ज पब्लिक कलेजको सभाहलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा २७ महिलासहित १०० जनाले रक्तदान गरेका थिए।

रक्तदान गर्नहुनेहरुमा अभिषेक वर्मा, रोहन सहनी, यमन दाहाल, मरियम खातुन , प्रकाश कृ. शर्मा, दिपिका महतो, अर्चना गुप्ता, श्याम पटेल, आरव कुशवाहा, सागर सिन्हा,आदित्य, रवि गुप्ता, राहुल पटेल, सुरज पटेल, सुशील, सोनी यादव, हर्षित चौधरी, मनिष चौरसिया, प्रेरणा साह लगायत १०० जना रहेका छन ।

रक्तदान कार्यक्रम वीरगञ्ज पब्लिक कलेजको भवनमा आयोजना गरिएको थियो। कार्यक्रममा वीरगन्ज पब्लिक कलेजका निर्देशक तथा मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, नेपाल रेडक्रस सोसाइटी वीरगन्ज पर्सा शाखाका

सभापति बृजकिशोर पटेल, वीरगन्ज पब्लिक कलेजका क्याम्पस प्रमुख डा. बिनय श्रेष्ठ, सहायक क्याम्पस प्रमुख डा. अरबिन्द श्रेष्ठ, राउन्ड टेबल नेपाल अन्तर्गत वीरगन्ज फ्रेन्च राउन्डका अध्यक्ष सुदिप खेतान लगायतको उपस्थिति रहेको थियो।

रक्तसंचार केन्द्रमा रगतको अभाव देखिएकाले रगत आपूर्तिलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ राज पाण्डेले जानकारी दिए। प्राविधिक सहयोग जितेन्द्र कुशवाहाले गरेका थिए।


सम्बन्धित समाचार