Logo

७ चैत, वीरगञ्ज । एसईईको पहिलो दिन अंग्रेजी विषयको परिक्षामा रौतहटबाट ४२४ वटा मोवाईल बरामद भएको छ । प्रशासनले कडा निगरानी अपनाएपछि ठूलो सङ्ख्यामा मोबाइल फोन बरामद भएको हो ।

परिक्षामा अनुशासन कायम राख्न सुरक्षा व्यवस्था कडा पारिए पनि ४२४ वटा मोबाइल फेला परेको छ, जसले प्रविधिको दुरुपयोग रोक्न अझ कडा निगरानी आवश्यक रहेको देखाउँछ ।

गत वर्ष मोबाइल फोनको प्रयोगमार्फत चिट चोर्न कार्य भएको थियो । सोही कारण यसपाली परिक्षा केन्द्रहरूमा सुरक्षाकर्मी तैनात गरिएको छ । विशेष जाँचका क्रममा धेरै परिक्षार्थीहरूले मोबाइल लुकाएर भित्र लैजाने प्रयास गरेका थिए ।

यसै क्रममा, परिक्षा हलमा मोबाइल पु¥याउने आरोपमा एक परिक्षा निरीक्षक पक्राउ परेका छन्, भने बाहिरबाट चिट पु¥याउने आरोपमा अर्को एक व्यक्ति पक्राउ परेका छन् । यस्ता घटनाले परीक्षाको शुद्धता कायम राख्न अझ प्रभावकारी उपायहरूको आवश्यकता देखाएको छ ।

सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोगलाई रोक्न प्रशासनले प्रयास गरिरहेको भए पनि ४२४ वटा मोबाइल बरामद भएको घटनाले थप कडा निगरानी र सुरक्षा उपाय आवश्यक रहेको प्रमाणित गर्दछ ।


सम्बन्धित समाचार