८ चैत,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा रोकिएको मतगणना तत्काल सुचारु गर्न माग गर्दै विद्यार्थीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन्। मतगणना रोकिएपछि विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरेका छन् ।
सिलबन्दी नम्बर मेल नखाएपछि उत्पन्न विवादका कारण वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना रोकिएको हो । जारी स्ववियु निर्वाचनको मतगणना बिहीबार दिउँसो २ बजे पछाडि अवरुद्ध भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
विद्यार्थीहरुले क्याम्पस अगाडि जम्मा भएर नाराबाजी गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरुले मतगणनामा देखिएको समस्या समाधान गरी तत्काल मतगणना सुचारु गर्न माग गरेका छन् । विद्यार्थीहरुले क्याम्पस प्रशासन र निर्वाचन समितिलाई समस्या समाधान गरी तत्काल मतगणना सुचारु गर्न आग्रह गरेका छन् ।

















