
८ चैत,पर्सागढी । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ स्थित सोनवर्षा स्वास्थ्य चौकी प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सहज सेवा सीप विकास केन्द्र पटेर्वा सुगौली पर्साको आयोजना, गाउँपालिकाको सहयोग तथा वडा नं. १ को समन्वयमा रक्तदान सम्पन्न भएको हो।
रक्तदान कार्यक्रममा २ महिलासहित २१ जनाले रक्तदान गरेका थिए । सहज सेवा सीप विकास केन्द्र पर्साका कार्यक्रम निर्देशक सुस्मिता चौधरीको अध्यक्षतामा भएको यस कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादव प्रमुख अतिथि हुनुहुन्थ्यो। यस कार्यक्रममा पटेर्वासुगौली गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष फरमान मिया लगायत स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र पर्सा, वीरगञ्जका प्राविधिक मनिस कुमार साह, समीर आलम, शनि कुमार यादव, मन्दीप पटेल तथा स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट शत्रुधन साह र प्रमिण महतोको प्राविधिक सहयोग रहेको थियो।