
९ चैत,चितवन । चितवनको खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् । गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएको केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताए ।
छावाको नामकरण बाह्रौँ दिनमा गरिने जानकारी दिँदै उनले केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती रहेको बताए । हाल प्रजनन केन्द्रमा नौवटा ढोइ छन् भने १० वटा छावा छन् । तीमध्ये छ वटाले तालिम पाइसकेका छन् ।
तालिम लिएका ४ भाले र २ पोथी हुन् । बाँकी ४ वटा बच्चामध्ये एउटा पोथी हो भने अरू भाले हुन् । रासस