Logo

९ चैत,वीरगञ्ज । नेपालको प्रसिद्ध डिजिटल प्लेटफर्ममाई सेकेन्ड टियर नेपाल (माई सेकेण्ट टिचर्स), क्रिकेट संघ (क्यान) पर्र्र्साबीच प्रायोजन सम्झौता भएको छ । शनिबार वीरगन्जको टिबी साह क्रिकेट मैदानमा आयोजित कार्यक्रममा सम्झौता आदान प्रदान गरिएको छ ।

सम्झौतामा माई सेकेन्ड टिचर नेपालकी सीइओ मेधा मट्टराई र क्रिकेट संघ, पर्साका अध्यक्ष मनिष सिंहले हस्ताक्षर गरेका छन् । प्रायोजना सम्झौताले माई सेकेण्ट टिचर नेपालले शिक्षा र खेलकुदलाई सशक्त रूपमा जोड़ने विश्वास दुवैपक्षले लिएको छ ।

दुवैपक्षबीच भएको सम्झौताले स्थानीय क्रिकेट खेलाडीहरुलाई थप अवसर प्रदान गर्दै उनीहरुको प्रतिभा निखार्न महत्वपूर्ण योगदान पुग्ने विज्ञप्तिमा जनाईएको छ । सहकार्यबारे जानकारी दिँदै माईसेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराईले नेपालको १९ बर्षमुनीको पूरण एकदीवसीय वल्र्डकप क्वालिफायर सिरिजमा क्रिकेट संघ, पर्सासँग सहकार्यले, नेपालको शिक्षा सँगसँगै खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

’माई सेकेन्ड टिचर नपालले प्रविधिको माध्यमबाट नेपालले शिक्षाको रूपान्तरणमा कार्य गर्दै आएको छ । यसैगरी क्रिकेट संघ, पर्साका अध्यक्ष मनिष सिंहले ‘माई सेकेन्ड टिचर’ सँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै यस सहकार्यले शिक्षालाई खेलकुदसँग जोड्ने नयाँ सम्भावनाको उजागार गरेको बताए ।


सम्बन्धित समाचार