
९ चैत,महोत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ। गाउँपालिका(४ बस्ने श्रवण यादवका १० वर्षीय छोरा आलोक यादवको पोखरीमा डुबेर मृत्यु भएको हो।
प्रहरीका अनुसार आलोक साथीभाइसँग खेल्ने क्रममा सोही वडामा नयाँ बनेको पोखरीमा नुहाउन गएका थिए। नुहाउने क्रममा उनी पोखरीमा डुबेका थिए। बालकलाई पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बालकको शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।