Logo

९ चैत,वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको ३५ सदस्यीय कार्यकारिणी समिति निर्विरोध चयन भएका छन् ।

संघको विधान अनुसार पहिले ३५ जना कार्यकारिणी समिति चयन गर्ने र त्यसबाट पदाधिकारी चयन हुनेछ । ३५ जना कार्यकारिणी सदस्यहरु वाणिज्यतर्फबाट १५ जना, उद्योगतर्फबाट १३ जना एशोसिएटतर्फ ६ जना र एफिलिएट तर्फ एकजना निर्विरोध चयन भएको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिनुभयो ।

अब ३५ जना कार्यकारिणी समितिबीचमा पदाधिकारी चयनका लागि भोली मतदान हुनेछ । अध्यक्षमा यसअघिका बरिष्ठ उपाध्यक्ष हरि गौतम दावेदार रहनु भएको छ । यसअघि पनि अधिकांश पदाधिकारीहरु सर्वसम्मत चयन गर्दै आएको अभ्यास रहेको छ । यसपटक पनि सर्वसम्मत नै पदाधिकारीहरु चयन हुने संभावना प्रवल छ ।

अघिल्लो कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रहनुभएका गौतम, उपाध्यक्षद्वय माधव राजपाल र मनोज दास, महासचिव आशिष लाठ, सचिव प्रेमचन्द गोयल लगायतका पदाधिकारी भईसकेका केही व्यक्तिहरु निर्विरोध चयन भएका छन् । केही भने बाहिरिएका छन् ।

 


सम्बन्धित समाचार