Logo

९ चैत,वीरगञ्ज । वीरगञ्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना सम्पन्न भएको छ । चैत ५ गते सम्पन्न मतदानको सोही दिन राति मतगणना शुरु गरेपनि धाँधली भएको भन्दै नेविसंघ र अखिल क्रान्तिकारीले विरोध जनाएपछि मतगणना रोकिएको थियो ।

मतगणनामा बदर मत अनेरास्ववियुको पक्षमा गणना गरेको आरोप लगाउँदै नेविसंघ र अखिल क्रान्तिकारीले मतगणना पुनः गर्नुपर्ने माग गरेका थिए । त्यसपछि सबै संगठनका माउ पार्टीका नेताहरु, निर्वाचन समिति, क्याम्पस प्रशासन र जिल्ला स्थित सुरक्षा निकायहरुको समन्वयमा त्रिविको स्ववियु निर्वाचन निर्देशिका अनुसार पुनःमतगणना हुने व्यावस्था भए/नभएको बारेमा छलफल गरेर मतगणना गर्ने सहमति पछि स्थगित गरिएको थियो । त्यहि स्थगित मतगणना आज दिउँसो एकबजेबाट शुरु भएको हो ।

स्रोतका अनुसार मतगणना सम्पन्न भएको छ । केहीबेरमा नतिजा घोषणा गर्ने निर्वाचन समितिको तयारी रहेको जनाएको छ ।


सम्बन्धित समाचार