Logo

१० चैत,जनकपुरधाम । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेपछि मधेस प्रदेशको राजधानीमा रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउने संख्यामा वृद्धि भएको छ।

विगतमा दैनिक दुई सय बिरामी उपचार गराउन आउनेगरेको थियो भने अस्पतालको व्यवस्थापन सुधार गरेपछि अहिले दैनिक एक हजार दुई सय बिरामी उपचार गराउन आउने गरेको अस्पतालका निर्देशक डाक्टर जामुन प्रसाद सिंहले बताए।

अहिले हेल्प डेक्सको व्यवस्था गरिएको छ,भौतिक पुर्वाधार र जनशक्तिको व्यवस्थापन गरिएको छ तथा सेवा समयमा नदिने स्वास्थ्यकर्मी, कर्मचारी र चिकित्सकहरूलाई कारबाहीसमेत गरिएको उनले भने।

जनतालाई भरपर्दो स्वास्थ्य सेवा दिनेतर्फ मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पतालले विगतमा स्वास्थ्य उपचारको क्षेत्रमा गरेको ढिला सुस्ती, भेदभाव र औषधि वितरणमा भएको भेदभाव रोकेको सो अस्पतालका निर्देशक सिंहले बताए।

उनले यस अस्पतालको संचालनका लागि नयाँ योजनाका साथ उपचार सेवालाई प्रभावकारी बनाउने प्रयाससमेत गरिएको जानकारी दिए।

विगतदेखि बदनाम रहेको उपचार नगर्ने भनेर विवादित र बदनाम रहेको यस अस्पतालको व्यवस्थापनलाई सुधार गरिएको समेत विचार व्यक्त गरे।

अहिले तोकिएको समयमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु सेवा दिने र औषधि वितरण, सल्यक्रियाहरुमा भेदभाव नहुने र तोकिएको समयमा काम भइरहेको उनले जानकारी दिए।

विगतमा उपचार सेवा राम्रो नभएकोले बिरामीहरु उपचार गराउन निजी अस्पतालमा जानेगरेको थियो तर अहिले यो अस्पतालमा सेवा राम्रो भएपछि बिरामीको दैनिक ओपिडी पुर्जा १ हजार २ सयको उपचाररत भइरहेको प्रादेशिक अस्पतालका परियोगशाला प्रमुख प्रमेश्वर यादवले बताए।

त्यस्तै,अस्पतालका प्रशासन प्रमुख फुल कुमार यादवले अहिले प्रदेश भरिमा नै सबै भन्दा राम्रो प्रादेशिक अस्पताल जनकपुरधाम उपचार भइरहेको बताए।

सो अस्पताल समाजिक सुरक्षाका डा बद्री साहका अनुसार यो अस्पतालमा गरिब असहाय बिरामीलाई निशुल्क उपचारदेखि औषधि र ल्याबमा समेत सेवा दिइरहेको जानकारी दिए।

 


सम्बन्धित समाचार