Logo

१० चैत,वीरगञ्ज । राउण्ड टेबल नेपाल र हरिखेतान बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा आज वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। हरिखेतान क्याम्पस परिसरमा आयोजित रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ।

कार्यक्रममा १४ जना महिलासहित ४६ जनाले रक्तदान गरेका छन्। राउण्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालको अध्यक्षतामा सम्पन्न भएको रक्तदान कार्यक्रममा विभिन्न व्यक्तिहरूले आफ्नो महत्त्वपूर्ण योगदान पु¥याएका थिए।

रक्तदान गर्ने महिलाहरूमध्ये प्रीति कुमारी तिवारी, निशा यादव, कल्पना यादव, जेशिका पाण्डे, अञ्जली कुमारी गुप्ता, पूजा कुमारी र सन्धा मगरलगायत रहेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक जितेन्द्र कुश्वाहले जानकारी दिए।


सम्बन्धित समाचार