१० चैत,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा), नेपाल धोबिनी गाउँपालिका वडा नं. १ र २ को वडा अधिवेशन आइतबार सम्पन्न भएको छ ।
धोबिनी गाउँपालिका अध्यक्ष देबेन्द्र प्रसाद कुर्मीको अध्यक्षतामा बसेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी रणनीति र कार्यक्रमबारे छलफल गरेको छ ।
अधिवेशनमा मधेश प्रदेश कार्यकारिणी सदस्य मा.सिंगासन सा कलवार र जसपा नेपाल, पर्सा क्षेत्र नं. ४(२) का क्षेत्रीय अध्यक्ष रामपुकार यादवको विशेष उपस्थिति रहेको थियो ।
अध्यक्ष कुर्मीले अधिवेशनको सफलताको लागि सबैलाई धन्यवाद दिँदै पार्टीलाई बलियो बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए । विशेष अतिथिहरूले पनि पार्टीका नेता तथा कार्यकर्ताहरूलाई मार्गदर्शन गर्दै आगामी दिनमा पार्टीलाई अझ सशक्त बनाउन सुझाव दिएका थिए ।
वडा अधिवेशनको सम्पन्नताले स्थानीय स्तरमा पार्टीको संगठनलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।

















