Logo

११ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आज अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाएको छ। क्षयरोग विरुद्ध जनचेतना जगाउने उद्देश्यले महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाको आयोजनामा जनचेतनामूलक रैली कार्यक्रम गरिएको थियो।

यस वर्षको नारा ’हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ रहेको यस दिवसले क्षयरोग महामारी अन्त्य गर्ने प्रतिबद्धतालाई स्मरण गराएको छ।

महानगरपालिकाको आयोजना तथा विभिन्न सरोकारवालाहरुको सहयोगमा सम्पन्न रैली वीरगन्जको घण्टाघरबाट सुरु भई नगरका विभिन्न भागमा परिक्रमा गरेको थियो। रैलीमा सहभागीहरुले क्षयरोग विरुद्ध जनचेतनामूलक नारा लगाउनुका साथै प्लेकार्ड प्रदर्शन गरेका थिए।

कार्यक्रमबारे जानकारी दिँदै सुमनचन्द्र ठाकुरले महानगरपालिकाले क्षयरोग नियन्त्रण र अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको बताए। उनले यस प्रकारका जनचेतनामूलक कार्यक्रमले समुदायमा सकारात्मक सन्देश पुग्ने विश्वास व्यक्त गरे।

आजको यो कार्यक्रमल वीरगञ्जमा क्षयरोग विरुद्धको लडाईंमा थप उत्साह र जागरण पैदा गरेको छ।


सम्बन्धित समाचार