
११ चैत, वीरगञ्ज । त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्जको मितेरी पुलदेखि गण्डकसम्मको मख्य सडक विस्तारमा अदालतले कानूनी बाटो खुला गरेपछि व्यापारी भने चिन्तित भएका छन् । मुख्य सडकमा भएका घर सटरहरुमा पसल गर्दै आएका व्यापारीहरु सडक विस्तारका क्रममा तोडफोड हुनेभएपछि व्यापार बन्द गर्नुपर्ने हुँदा चिन्तित भएका हुन् ।
सडक विस्तारका लागि सीमांकन गर्न डिभिजन सडक कार्यालय हेटौंडाले नापी कार्यालयलाई पत्राचार गरेपछि मुख्य सडकको घर पसलहरुमा व्यापार गर्ने व्यावसायीहरु व्यापारबाट विस्थापित हुनुपर्ने चिन्ता भएको गुनासो गरेका छन् । घण्टाघरदेखि माईस्थान बीचमा पर्ने कस्मेटिक पसलका संचालक राजु रौनियारले भने, ‘मेन रोड २५-२५ मिटर रोड टुटने कुरा चलिरहेको छ ।
अहिले ब्यापार पनि छैन । सडक टुट्ने चर्चाले ब्यापारीहरु त्रहिममाम भईकेका छन । मेन रोड टुट्यो भने ब्यापारीहरु कहाँ जान्छन ? अर्को कुरा वीरगञ्जको मेन रोड टुट्यो भने फेरी रक्सौलका व्यापारीहरुको भाउ बढ्छ । वीरगञ्जका ब्यापारीहरु रक्सौल जान बाध्य हुन्छन ।’अहिले पनि ब्यापारीहरु रक्सौलमा पलायन भईरहेको भन्दै मेन रोड टुट्यो भने ब्यापारीहरु कहाँ जान्छन् ? भन्ने चिन्ताको विषय बनेको उनी बताउछन् ।
रौनियार भन्छन्, ‘मेरो विचारले बजार नटुटोस ब्यापारीहरुलाई दुःख नहोस यसमा सरकारको ध्यान छैन । हामी कति चोटि नगरपालिकालाई भनि सकेका छौ । हामीलाई व्यवस्थापन गराईदिनु २५-२५, टुट्यो भने व्यापारी होस वा भवनका मालिक होस सबै जना रोडमा आउछन् ।
वीरगञ्जको बजार भनेको एकदमै सानो बजार हो । यहाँ त ३ ओटा हाईवे रोड छ आखिरमा किन मेन रोड २५-२५ मिटर विस्तार गर्नुप¥यो ? सडक विस्तार नै गर्ने भएपनि हामी व्यापारीलाई वैकल्पिक व्यावस्था गरेर ठाँउ दिनु प¥यो।’ अर्का कपडा पसल आदित्य स्टोरका प्रोप्रईटर गोपाल प्र.साह मेन रोड माईस्थान वीरगञ्ज नतोड्दा नै राम्रो हुने बताउछन् ।
उनी भन्छन्, ‘मेरो विचारले न तोडेमा नै राम्रो हो । यदि अदालतको आदेश नै हो भने त्यसमा हामी के गर्ने सक्छौ ? तर २५ मिटर न तोडेर १५ मिटरसम्म मात्रै तोडेमा राम्रो हुन्छ । यदि २५ मिटर नै तोड्ने हो भने हाम्रो मुख्य समस्या पसल कहाँ लिएर जाने ? पुरै बजार नै खतम हुन्छ ।
वीरगञ्जको बजार भनेको घण्टाघरदेखि आर्दनगरसम्म हो । अब यसमा नेताहरुको ध्यान होस वीरगञ्ज आखिरमा कसरी बचाउन सकिन्छ ?’ वीरगन्जको मुख्य सडक विस्तारमा राज्यले लामो समयसम्म निर्णय गर्न नसक्दा सडक छेउमा घर भएकाहरु अहिले समस्यामा परेका छन् ।
घरधनीहरुको घर भत्किएपनि सटर पसलहरु सम्झौता गरेर भाडामा लिएर व्यावसाय गर्ने व्यावसायीहरुलाई पनि अहिले कता व्यावस्था गर्ने भन्ने विषयले चिन्ता बढाएको छ । अन्य स्थापनमा स्थानान्तरण गर्नका लागि वीरगञ्जको बजारमा भवनहरु व्यवस्थित रुपमा निर्माण भएका छैनन् । स्थानीय सरकारले पनि वैकल्पिक व्यावस्थाको विषयमा सोचेको छैन । यसले व्यावसाय गर्ने व्यावसायीहरुलाई तनाव बढाएको छ ।