Logo

फाइल फोटो

१२ चैत,वीरगञ्ज । बारामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को मर्यादा विपरीत कार्य गर्ने दुई जना निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ। बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको अध्यक्षतामा मंगलबार बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले उनीहरूलाई जिम्मेवारीबाट हटाउन केन्द्राध्यक्षलाई निर्देशन दिएको हो।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुरमा रहेको गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षक प्रमोद कुमार यादव र विष्णु आचार्यले परीक्षाको मर्यादा विपरीत कार्य गरेको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए।

उक्त परीक्षा केन्द्रका दुबै निरीक्षकलाई निरीक्षकको जिम्मेवारीबाट हटाउन केन्द्राध्यक्षलाई निर्देशन दिइएको सहायक प्रजिअ भट्टराईले बताए। मंगलबार परीक्षार्थीहरुले विज्ञान विषयको परीक्षा दिएका थिए।


सम्बन्धित समाचार