Logo

सभापति देउवा – सम्बोधन काठमाडौँ, १२ चैतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा मङ्गलबार बालुवाटारमा आयोजित सुजता कोइरालाद्वारा लिखित ‘म र मेरो सानोबुबा’ (आत्मकथा) लोकार्पण समारोहलाई सम्बोधन गर्नुहुँदै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

१२ चैत,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध झनै राम्रो भएर अघि बढ्ने दाबी गरेका छन् ।

मंगलबार सुजाता कोइरालाद्वारा लेखिएको ‘म र मेरो सानोबुवा’ नामक आत्मकथा लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीसँग आफ्नो जेलदेखिकै सम्बन्ध रहेकाले अहिले त्यो सम्बन्ध झनै राम्रो हुँदै गएको बताए ।

उनले भने, “ओलीजी र कांग्रेस पार्टीबीच सम्बन्ध समधुर भएको छ । जेलभित्र जेल छ । सेन्ट्रल जेलमा गोलघर भन्ने ठाउँमा छ । उहाँ त्यस्तो ठाउँमा बस्नुभएको मान्छे हो । राजनीतिक झगडा आफ्नो ठाउँमा छ । तर, उहाँ जेलमेट पनि भएको पनि हो । हाम्रो सम्बन्ध राम्रो हुँदै आयो । अझै यो सम्बन्ध राम्रो भएर जाने कुरामा दुईमत छैन ।”

सभापति देउवाले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई कांग्रेसको तर्फबाट पूर्ण समर्थन रहेको जानकारी दिए ।


सम्बन्धित समाचार