
१३ चैत,सेढवा । सशस्त्र प्रहरीले आज जिराभवानी गाउँपालिकाबाट ठूलो परिमाणको भारती कुखुरा बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपट्टीबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रसिंह बिष्टको नेतृत्वमा गएको टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर–२ बसन्तपुरबाट ना ३८ प ३१५८ नम्बर प्लेटको मोटरसाइकल र ८० किलो भारतीय कुखुरा पनि पक्राउ गरेको छ ।
पक्राउ गरिएको कुखुरालाई जिराभवानी वडा नम्बर–२ का वडा अध्यक्ष महादेव महतो थारु, पर्सा ग्रामीण कुखुरा व्यावसायी संघका सदस्य जितेन्द्र यादव स्थानीय पशु क्वारेन्टाइन र स्थानीय सन्चारकर्मि को रोहवरमा नस्ट गरिएको र मोटरसाइकल लाइ बिरगंज भन्सार मा पठाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वाटर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामिले बताए ।