Logo

१३ चैत,वीरगञ्ज । पर्साको जिराभवानी गाउपालिकामा गहना बनाउने ७ दिने तालिमको समापन गरिएको छ । बिगत ४ बर्षदेखि ग्रामिण भेकका अपाङ्गता भएका महिलाहरुलाई लक्षित गरि एब्लिस फाउन्डेशन फिन्लैन्डको आर्थिक सहयोगमा सो तालिम संचालन गर्दै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गाउपालिका उपाध्यक्ष रेखा चौधरी, एब्लिस फौन्डेशनका राष्ट्रिय संयोजक डा. बिरेन्द्रराज पोख्रेल, सामाजिक अभियन्ता प्रकाश थारु, लगायत स्थानियहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रममा तालिममा सहभागिहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो ।

तालिममा रिमा पुरी र सिन्धु दाहालले प्रशिक्षण दिनुभएको थियो । वडा अध्यक्ष रामशरण खवासको अध्यक्षतामा समपन्न सो कार्यक्रमको संचालन साबित्री पौडेलले गरेका थिए ।

 


सम्बन्धित समाचार