
१४ चैत,वीरगञ्ज । रौतहटको माधव नारायण नगरपालिका स्थित गजेन्द्र नारायण स्मृति अस्पतालमा अध्ययनरत एक छात्रा मृत फेला परेकी छन्। माधव नारायण नगरपालिका–३ मा रहेको अस्पतालको डिप्लोमा फार्मेसी अध्ययनरत छात्रा छात्रावासको बाथरुममा मृत भेटिएको रौतहट प्रहरीले जनाएको छ।
रौतहट प्रहरीका अनुसार डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत छात्रा सुमन कुमारी बैठा मृत फेला परेकी हुन्। बाराको विश्रामपुर गाउँपालिका–५ घर भएकी उनी छात्रावासको बाथरुममा झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए।
प्रहरीले घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिए पनि घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेको जनाएको छ।