Logo

१४ चैत,वीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले नागरिकसँग प्रत्यक्ष भेटघाट गरी विकास निर्माणका कामको जानकारी लिने उद्देश्यले सञ्चालन गरेको “जनता दर्शन“ कार्यक्रम अन्तर्गत वडा नं. ४, सोलखपुरमा पुगेका छन्।

अध्यक्ष यादवले सोलखपुरमा स्थानीय बासिन्दासँग भेटघाट गर्नुका साथै गाउँपालिकाद्वारा सञ्चालित विभिन्न विकास योजनाहरूको स्थलगत निरीक्षण गरेका छन्। उनले योजनाको प्रगतिबारे जानकारी लिएका थिए भने स्थानीय जनताका गुनासा र सुझावहरू पनि सुनेका थिए।

“जनता दर्शन“ कार्यक्रमले गाउँपालिका र नागरिकबीच प्रत्यक्ष संवाद स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यस कार्यक्रममार्फत अध्यक्ष यादवले जनताका आवश्यकता र समस्याहरूलाई नजिकबाट बुझ्ने अवसर पाएका छन्। यसका साथै विकास योजनाहरूको अनुगमनले समयमै काम सम्पन्न गर्न र गुणस्तर कायम राख्न मद्दत पुग्ने विश्वास लिइएको छ।

 


सम्बन्धित समाचार