Logo

१४ चैत,वीरगञ्ज । वीरगञ्ज ल क्याम्पसका विद्यार्थीहरूले अपराध अनुसन्धान प्रक्रिया र प्रहरीको कार्यशैलीबारे जानकारी लिन जिल्ला प्रहरी कार्यालय पर्साको भ्रमण गरेका छन्। यो भ्रमण विद्यार्थी र प्रहरीबीचको अन्तरक्रिया कार्यक्रमको रूपमा आयोजना गरिएको थियो।

प्रहरी उपरीक्षक गौतम मिश्रले विद्यार्थीहरूलाई प्रहरीको काम कारबाहीबारे विस्तृत जानकारी गराए। उनले विद्यार्थीहरूले सोधेका जिज्ञासाहरूको जवाफ दिनुका साथै कानून व्यवसायी र प्रहरीबीचको स्वस्थ र व्यावसायिक सम्बन्धको महत्त्वमा जोड दिए।

भविष्यका कानून व्यवसायीहरूले प्रहरीको काम नजिकबाट बुझ्ने अवसर पाउनु सकारात्मक भएको प्रहरी उपरीक्षक मिश्रले बताए। यस किसिमको अन्तरक्रियाले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान हासिल गर्न र प्रहरीसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास लिइएको छ।

भविष्यका कानून व्यवसायी र वर्तमानका कानून कार्यान्वयन गर्ने निकायबीचको यो सहकार्यले न्याय प्रणालीलाई थप प्रभावकारी बनाउन योगदान पु–याउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार