Logo

१४ चैत, वीरगञ्ज । मस्तिष्कघात (स्ट्रोक) को उपचार र विधिका बारेमा छलफल गर्ने उद्देश्यले वरिष्ठ न्यूरोलोजिष्टहरु बीरगंजमा भेला भएका छन् ।

नेपाल मेडिसिटी बयोधा अस्पताल बीरगंज, नेपाल स्ट्रोक एसोसिएसन र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजनामा मिति २०८१ चैत्र १५ र १६ गते बीरगंजमा मस्तिष्कघात (स्ट्रोक) मास्टर क्लासका आयोजना गरेको छ ।

मस्तिष्कघात (स्ट्रोक) का कारणबाट दैनिक विरामीहरु आक्रान्त भईरहेको र ज्ञान, सीप र साधनको अभाव तथा समयमा उपचार नपाई विरामीहरुको मृत्यु एवं पक्षघात हुने अवस्थालाई न्यूनीकरण गर्न यस मास्टर क्लासको आयोजना गरेको ब्यहोरा नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले बताए ।

नेपाल मेडिसिटी बयोधा अस्पताल वीरगञ्जमा मस्तिष्कघातको उपचार भईरहेको र हाल मधेश प्रदेशकै एकमात्र पूर्णकालीन न्यूरोलोजिष्टको रुपमा डा. विधान ज्ञवालीको नेपाल मस्तिष्कघात (स्ट्रोक) एसोसियसनका संस्थापक अध्यक्ष एवं वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापा, कार्यकारी सदस्य एवं न्यूरालोजिष्ट डा. पंकज जालान, ग्राण्डी इन्टरनेशनल अस्पतालका इन्टरभेन्सनल न्यूरोलोजिष्ट डा. सुभाष फुयालको सहभागिता रहने छ ।

त्यस्तै नेपाल मेडिसिटी अस्पताल काठमाडौका न्यूरोलोजिष्ट एवं विभागीय प्रमुख डा. बाबुराम पोख्रेल, नेशनल मेडिकल कलेजका न्यूरोसर्जन डा. सफ्रोज अन्सारी, नेपाल मेडिसिटी बयोधा अस्पतालका न्यूरोलोजिष्ट डा. बिधान ज्ञवाली, रेडियोलोजिष्ट डा. प्रदिप कमार शाह लगायतका चिकित्सकहरुले मास्टर क्लासमा सहभागी हुने जनाईएको छ । कार्यक्रममा पर्सा, बारा, सर्लाही, रौताहट, मकवानपुर लगायतका स्थानहरुबाट चिकित्सक, नर्स तथा पारामेडिक्सहरुको उपस्थिति रहने छ ।

 


सम्बन्धित समाचार