Logo

१५ चैत,सेढवा । सशस्त्र प्रहरीले शुक्रबार पर्साको जिराभवानी गाउँपालिकाबाट ठूलो परिमाणको भारतीय कुखुरा बरामद गरेको छ।

बोर्डर आउट पोस्ट महादेवपट्टीबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक जिन्दा यादवको नेतृत्वमा गएको टोलीले गाउँपालिकाको वडा नम्बर १ स्थित ओरिया खोला नजिकबाट बि आर २२ एन ३९८०
नम्बर भारतीयको मोटरसाइकलसहित ६५ किलो कुखुरा बरामद गरेको हो।

पक्राउ गरिएको कुखुरालाई जिराभवानी वडा नम्बर १ का वडा अध्यक्ष रामशरण ख्वास थारु, पर्सा ग्रामीण कुखुरा व्यवसायी संघका सदस्य जितेन्द्र यादव, स्थानीय भद्रभलादमी, पशु क्वारेन्टाइन र स्थानीय सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको छ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वाटर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले दिएको जानकारी अनुसार, मोटरसाइकललाई थप कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ।


सम्बन्धित समाचार