
१५ चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिएका छन्।
राजावादी समर्थकहरूले बिहीबार राजधानी काठमाडौंमा प्रदर्शन गर्दा अवस्था हिंसात्मक बन्दै गएको हो। प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रलाई केन्द्र बनाएर सभा र प्रदर्शन गर्ने तयारी गरिरहेका थिए। यस क्रममा प्रहरीसँग झडप हुँदा हिंसा फैलिएको र केही स्थानमा तनावको अवस्था सिर्जना भएको छ।
प्रधानमन्त्री ओलीले आजको बैठकमा यस्तो संकटको समाधान र आगामी रणनीति बारे छलफल गर्न सक्ने अनुमान गरिएको छ।