
१५ चैत,काठमाडौँ । पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् । कम्पनीको कार्यालय र गाडीमा आगजनी हुँदा प्रहरी पुग्न सकेको छैन । घटनास्थलमा अहिलेसम्म प्रहरी पुग्न नसकेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
तीनकुने क्षेत्रमा कफ्र्यु आदेश जारी भएसँगै त्यहाँबाट जडीबुटी तर्फ गएका प्रदर्शनकारीहरूले कम्पनीको कार्यालयमा आगजनी गरेका हुन् । उनीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरेपछि गणतन्त्रको विरुद्ध नाराबाजी गरिरहेका छन् ।