Logo

१५ चैत,काठमाडौं । काठमाडौँको कोटेश्वरमा प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ।

शुक्रबार राजावादी आन्दोलनका क्रममा भएको झडपपछि प्रहरीले हानेको गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।
उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

गृहमन्त्रालयका अनुसार शुक्रबार भएको प्रदर्शनका क्रममा १५ जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी गरी ३० जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।


सम्बन्धित समाचार