Logo

१५ चैत, काठमाडौं । राजावादी समूहले आयोजना गरेको प्रर्दशन हिंसात्मक गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका प्रहरी प्रमुखका अनुसार मिश्र र राणालाई पक्राउ गरेर घटनाका सन्दर्भमा अनुसन्धान भइरहेको छ । उनीहरुले प्रर्दशनकारीलाई उत्साएर ठूलो मात्रामा जनधनको क्षती भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

शुक्रबारको घटनामा घाइते भई विभिन्न अस्पतालमा उपचारार्थ रहेका घाइतेहरुलाई भेटेर फर्किएको अवस्थामा एउटै गाडीमा रहेका मिश्र र राणालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

राजावादी समूहका मुख्य कमाण्डर भनिएका बैंक डिफल्टर दुर्गा प्रसाई भने घर छोडेर भागेका छन् । उनलाई पक्राउ गर्न डिएसपीको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ । उनी बस्ने लोकेशनमा प्रहरीले निगरानी बढाएको बताइन्छ ।


सम्बन्धित समाचार