Logo

१५ चैत, काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र प्रवक्ता स्वागत नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुवेदीलाई भने प्रहरीले घरमै नजरबन्दमा राखेको छ ।

उनलाई आफ्नै निवासमा नियन्त्रणमा राखिएको प्रहरीका एक अधिकृतले जानकारी दिए । ती अधिकृतका अनुसार उनको स्वास्थ्य अवस्थाका कारण प्रहरी कार्यालयमा नल्याइएको हो ।

‘उहाँको स्वास्थ्यअवस्था कमजोर भएको पायौं,’ ती अधिकृतले भने, ‘हामी अवस्था हेरेर बाँकी निर्णय लिन्छौं ।’

सुवेदी काठमाडौं महानगरपालिका–७ स्थित कुमारीगाल बस्दै आएका छन् । अहिले प्रहरी उनको घर वरपर परिचालित छ ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो ।

अधिवक्ता नेपाल केही समय देखि राजावादीको समूहमा सक्रिय थिए । पूर्व राजा ज्ञानेन्द्र शाहको सार्वजनिक अभिव्यक्तिपछि राजालाई नारायणीहिटी फर्काउने नारा लगाउदै नेपाल आन्दोलनको अग्र मोर्चामा रहदै आएका थिए ।


सम्बन्धित समाचार