१६ चैत,काठमाडौं । प्रेस सेन्टर नेपालको पाँचौं केन्द्रीय महाधिवेशनमा मधेस प्रदेशले नेपाल पत्रकार महासंघमा देशभरकै उत्कृष्ट हुन सफल भएकोमा विशेष सम्मान पाएको छ।
नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले मधेस प्रदेशका इञ्चार्ज गोविन्द देवकोटालाई विशेष पुरस्कार प्रदान गर्दै सम्मान गरेका हुन्।
कार्यक्रममा प्रचण्डले मधेस प्रदेशको उत्कृष्ट कार्यसम्पादनको प्रशंसा गर्दै संगठनप्रति आभार व्यक्त गरे। उनले मधेस प्रदेश टिमलाई बधाई दिँदै आगामी दिनमा पनि उत्कृष्ट कार्य गर्ने अपेक्षा राखेका थिए।
प्रेस सेन्टर नेपालको पाँचौं केन्द्रीय महाधिवेशनमा मधेस प्रदेशको यो उपलब्धिले पत्रकारिता क्षेत्रमा उत्साह थपेको छ।















