Logo

१७ चैत,वीरगञ्ज । एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको हत्याको विरोधमा पर्साका पत्रकारहरू सडकमा उत्रिएका छन्। वीरगंजको घण्टाघर चोकमा भएको शान्तिपूर्ण प्रदर्शनमा पत्रकारहरूले हातमा कालो पट्टी बाँधेर न्यायको माग गरेका छन्।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले सरकारसँग निष्पक्ष छानबिनको माग गरेका छन्। उनीहरूले अपराधीलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा सजायको माग गरेका छन्। पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रताको संरक्षणका लागि ठोस कदम चाल्न सम्बन्धित निकायलाई दबाब दिएका छन्। प्रदर्शनकारीहरूले यस घटनाले पत्रकारिता पेशामा त्रासको वातावरण सिर्जना गरेको भन्दै तत्काल न्यायको सुनिश्चितता गर्न जोड दिएका छन्।

शुक्रबार पूर्वराजा समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडियो खिच्ने क्रममा सुरेश रजकको शव जलेको अवस्थामा भेटिएको थियो।


सम्बन्धित समाचार