१७ चैत,काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार हिजो सम्पन्न पार्टी स्थायी कमिटी बैठकका निर्णयसहित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको हो।
चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका क्रममा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड भएको थियो। सो घटनाबारे पनि एकीकृत समाजवादीले क्षतिको विवरण जानकारी गराउने जनाइएको छ। पत्रकार सम्मेलनमा पार्टीले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीतिबारे पनि जानकारी दिनेछ।

















