Logo

१७ चैत,सिम्रौनगढ । साना किसान कृषि सहकारी संस्था लिमिटेड, सिम्रौनगढले एक समारोहका बीच स्थानीय कृषकहरूलाई कृषि उपकरण वितरण गरेको छ। संस्थाले कृषकहरूलाई स्प्रेयर ट्याङ्की र रोटरवेटर वितरण गरेको हो।

कृषि ज्ञान केन्द्र कलैया बाराका प्रमुख राजनारायण साहको प्रमुख आतिथ्य र साना किसान कृषि सहकारी संस्था लिमिटेड, सिम्रौनगढका सञ्चालक समिति अध्यक्ष ललिता देवी दासको अध्यक्षतामा भएको कार्यक्रममा १२७ जना कृषकहरूलाई स्प्रेयर ट्याङ्की र २ जनालाई रोटरवेटर ५० प्रतिशत छुटमा वितरण गरिएको थियो।

कार्यक्रममा कृषि ज्ञान केन्द्र कलैया बाराका कृषि अर्थविद् गणेश महरा, सिम्रौनगढ पशु तथा कृषि अधिकृत महमद अन्सारुल, साना किसान कृषि सहकारी संस्था लिमिटेडका सहायक प्रबन्धक पासपती देवी, समाजसेवी खुशिलाल कुशवाहा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण साना किसान कृषि सहकारी संस्था लिमिटेड, सिम्रौनगढका प्रबन्धक दिलिप कुमार कर्णले गरेका थिए।


सम्बन्धित समाचार