
१८ चैत,वीरगञ्ज । पर्साका सञ्चारकर्मीहरूले सुरेश रजकको हत्यारा र सञ्चारगृहमा भएको तोडफोड र आजगनीका घटनाका दोषीहरुलाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाईमा सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो।
काठमाडौंमा चैत १५ गते भएको घटनामा मारिएका पत्रकार सुरेश रजकको हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। साथै, उनीहरूले घाइते पत्रकारहरूको निःशुल्क उपचार र सञ्चारगृहहरूमा भएको तोडफोड तथा आगजनीको क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरेका छन्।
पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले सञ्चारकर्मीहरूको सुरक्षा र प्रेस स्वतन्त्रताको प्रत्याभूति नभएसम्म आन्दोलन जारी रहने बताए। उनले सरकारलाई सञ्चारकर्मीहरूको सुरक्षाको लागि तत्काल कदम चाल्न आग्रह गरे।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पत्रकारहरूको मागलाई सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय प्रशासन र सरकार पत्रकारहरूको साथमा रहेको बताए।
ज्ञापनपत्र बुझाउन गएको टोलीमा प्रेस सेन्टर नेपाल पर्सा सचिव अजित भुजेल,प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र,नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति शाह, तुलसी भण्डारी लगायतकाकोपनि सहभागीता थियो ।