
२० चैत, वीरगञ्ज । प्रेस सेन्टर नेपालका नवनिर्वाचित केन्द्रीय समितिलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले स्वागत सम्मान गर्नुभएको छ । प्रचण्ड निवास खुमलटारमा प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आज (मंगलबार) स्वागत तथा सम्मान गर्नुभएको हो ।
सेन्टरको पाँचौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित कमल गिरी, बरिष्ठ उपाध्यक्षमा निर्वाचित सुरेशचन्द्र अधिकारी, उपाध्यक्ष लक्ष्मण खड्का, रामसिंह ठगुन्ना, विवेक गौतम, शान्ता अधिकारी, दीपक श्रेष्ठ, महासचिव मनोज घर्ती मगरलाई सम्मान तथा स्वागत गरेको हो ।
त्यस्तै उपमहासचिवहरु ज्ञानप्रसाद पौडेल, बुद्ध लोप्चन, हरिश विक, लक्ष्मी आचार्य र अनिल मिश्र, सचिवहरु सुरेन्द्र चालिसे, सन्तोष देउजा, सुनिता वराल, अन्जली थापा, अवतार राई, केशब भुल र कोषाध्यक्ष वसन्त गिरी लगायत केन्द्रीय समितिमा निर्वाचित सदस्यहरुलाई स्वागत र सम्मान गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिलाई अध्यक्ष प्रचण्ड र पार्टी प्रवक्ता तथा प्रेस सेन्टरका ईन्चार्ज अग्नी सापकोटा, प्रेस सेन्टर नेपालका पूर्व अध्यक्ष गोविन्द आचार्य लगायतले खादा र अविर लगाएर सम्मान र स्वागत गर्नुभएको निवर्तमान अध्यक्ष विष्णुप्रसाद सापकोटा जुगलले जानकारी दिए ।