Logo

१९ चैत,पेढवा । डिभिजन वन कार्यालय पर्सा र पर्सा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्तीक्षेत्र अन्तर्गत रहेको राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा एक हप्तादेखि लागेको डढेलो अझैसम्म नियन्त्रणमा आउन सकेको छैन । वनमा लागेको डढेलो नियन्त्रणमा सम्बन्धित निकायले खासै पहल नगरेको स्थानीयले गुनासो गरेका छन् ।

सव–डिभिजन वन, सव डिभिजन कार्यालय वसन्तपुर, रङ्पुर, मानवा, बढनियार र सोलकपुर तथा पर्सा राष्ट्रिय निकुञ्जको महादेव पोष्ट, चारभैया पोष्ट, गडुवा लाइन पोष्टर निर्मल बस्ती पोष्टर पन्चमुखी सामुदायिक बन र सुनाखरी उपभोक्ता समिति, कुशुम बाटिका मध्यवर्ती सामुदायिक अन्तर्गत रहेको वन क्षेत्रमा बिगत एक हप्तादेखि डढेलो लागेको हो । डढेलोका कारण करोडौं मूल्य बराबरका काठ्हरु तथा बोट्बिरुवा जलेर नस्ट भएको स्थानीय वासिन्दाले बताएका छ्न ।

आगलागीबाट निस्केको धुवाँले बिशेषगरि जङ्गलसँग सिमाना जोडिएका साविकका निर्मल बस्ती, सुवर्णपुर, महादेवपट्टी, सेढ्वा, सङ्कर सरैया, गादी, सोनबर्षा, बिरुवागुठी लगायतका दर्जनौं स्थानीय हरुमा अँखा चिलाउने, आँखा रातो हुने बिहानको समयमा धुवाँले अध्यारो हुने जस्ता समस्या देखिएकाले खास गरि मुटुको रोगिलाई समस्या हुने गरेको स्थानीय हरुले गुनासो गरेका छन् ।

तर, डिभिजनल वन कार्यालय पर्साका डिभिजनल बन अधकृत मन्जुर अहमदले भने वनमा लागेको डढेलो नियन्त्रणका लागि जानकारी भएको स्थानहरुमा तुरुन्तै पुगि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, साझेदारी समूहका सदस्यहरु र वन रक्षकको टोली परिचालन गरिएको र बाँकी स्थानमा लागेको डढेलो नियन्त्रण गर्न जिल्लाले निर्देशन दिइसकेको बताए ।

आगो नियन्त्रणमा एक्लो वन कर्मचारी र प्रहरीले मात्रै नभई स्थानीय को पनि सहयोग चाहिएको बताए । यसैबीच सुनाखरि उपभोक्ता समिति र पञ्चमुखी सामुदायिक वनमा लागेको डढेलो निभाउन स्थानीय उपभोक्ताहरु विभिन्न समितिका सदस्यहरु र नेपाली सेनाको सहयोगमा डढेलो नियन्त्रणमा लिने प्रयास भईरहेको र कतिपय ठाउँमा नियन्त्रणमा पनि आइसकेको सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर पाख्रीनले जानकारी दिए ।

 


सम्बन्धित समाचार