
१९ चैत,वीरगञ्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अहिलेको अप्राकृतिक गठबन्धनको सरकार पूर्णरुपमा असफल भएको टिप्पणी गरेका छ । वीरगञ्ज सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिलेको एमाले कांग्रेस सहितका दलहरुको सरकार गठन गर्ने बेलामा संविधान संसोधन र राजनीतिक स्थायीत्वका लागि भनिएपनि त्यो दुवै विषय अहिले सरकारको प्राथामिकतामा नपरेकोले सरकार असफल भएको बताए ।
अहिलेको सरकार संकटमा रहेको भन्दै आफ्नो मूल्यांकन गर्दा सरकार आफै फेल भएको जिकिर गरे । छिमेकी मुलुक भारतसँग दुईतिहाई आर्थिक कारोबार हुने गरेको भएपनि भारतसँगको राजनीतिक, कुटनीतिक र आर्थिक कुनैपनि सम्बन्ध राम्रो नरहेकोले यो चिन्ताको विषय बनेको धारणा राखेका थिए।
नागरिकको धनसम्पत्ति तोडफोड र लुटपाट भईरहाँदा समेन सुरक्षाकर्मीहरु नपुग्नु देशको राजधानी काठमाण्डौमै सरकारको उपस्थिति नदेखिएको बताए । जनताको जीऊधनको सुरक्षा गर्न नकक्ने गैरजिमेवार सरकार रहेको भन्दै साहले संघीय ब्यवस्था आए पछि सेवा प्रभावकारी हुनुपर्नेमा शिक्षा ऐन लगायतका ऐन कानूनहरु अहिलेसम्म ल्याउन नसक्दा सरकारको प्रभावकारिता नदेखिएको साहको भनाई थियो ।
वीरगञ्जको सन्दर्भमा बोल्दै सांसद साहले कुनैपनि पूर्वाधार संरचनाको निर्माण र विकास हुन नसकेको बताए । नेपालीहरु विदेशमा दुख गरेर पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानी रहेको अध्यक्ष साहको भनाई छ ।