
१९ चैत,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका छन् ।
नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन् ।यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।