Logo

२० चैत, वीरगञ्ज । चार दिनसम्म मनाइने चैती छठ पर्वको दोस्रो दिन आज (बुधबार) खरना विधि सम्पन्न हुँदैछ। व्रतालुहरूले दिनभर उपवास बसेर साँझ दूध, चामल, सख्खर मिसाएर पकाइएको खिर (रसियाव), रोटी, केरा, मिठाइ तथा अन्य फलफूल प्रसादस्वरूप ग्रहण गर्ने परम्परा रहेको छ ।

यस वर्ष पनि पोखरी, नदी, तलाउ तथा जलाशयहरूको सरसफाइ गरी आकर्षक रूपमा सजाइँदै छ। हिजो (मंगलबार) व्रतालुहरूले नहायखाय विधि सम्पन्न गरी शुद्ध शाकाहारी भोजन गरेका थिए ।

भोलि (बिहीबार) षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिइनेछ भने सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अघ्र्य प्रदान गर्दै छठ पर्वको विधिवत समापन गरिनेछ। कठोर नियमसहित मनाइने यो पर्व वर्षमा दुई पटक-कार्तिक र चैत महिनामा मनाइन्छ ।


सम्बन्धित समाचार